एनआरएनए महाधिवेशनमा रोविन शेरचनद्वारा अध्यक्ष दौडबाट पछि हट्दै एकताको सन्देश

theoutsidenepal.com

काठमाडौं ।गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ वृहत एकता महाधिवेशनको सन्दर्भमा अध्यक्ष पदका दाबेदार रोविन शेरचनले संस्थागत एकतालाई प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।


‘एक मन, एक संगठन’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढेको आफ्नो यात्रामा अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठ को पहलमा एकताको वातावरण निर्माण हुँदै गइरहेको अवस्थामा संस्थालाई साझा र समावेशी बनाउने उद्देश्यले आफू एक कदम पछि हटेको शेरचनले बताएका छन्।


उनको निर्णयलाई सम्मान गर्दै उनलाई वरिष्ठ उपाध्यक्ष पदमा चयन गरिएको छ। उक्त जिम्मेवारी प्राप्त गर्न सहयोग, समर्थन र विश्वास प्रदान गर्ने सम्पूर्ण डेलिगेट्स, अग्रजहरू, अभियन्ताहरू तथा शुभेच्छुकप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।


शेरचनले प्राप्त विश्वास र समर्थनले आगामी दिनहरूमा संस्थाको एकता, सुदृढता तथा लक्ष्य प्राप्तिका लागि अझ जिम्मेवार र सक्रिय भएर अघि बढ्ने प्रेरणा मिलेको उल्लेख गरे।


उनले “एकताबद्ध एनआरएनए समृद्ध भविष्यको आधार हो” भन्ने सन्देशसहित सबैलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया