क्यालिफोर्नियाका युवा व्यवसायी एवं वरिष्ठ समाजसेवी प्रिन्स युवराज कार्कीले आमाबाबुप्रति सम्मान र सधैं खुसी राख्न प्रेरक सन्देश सामाजिक सञ्जालमार्फत शेयर गर्नुभएको छ।
उनले स्टाटसमा लेख्नुभएको छ:“सधै आफ्नो आमाबाबुलाई खुसी राख्ने प्रयास गर्नुहोस। त्यति गर्नु भयो भने तपाईंलाई आशीर्वाद खोज्न मन्दिर जानु पर्ने हुँदैन। उनीहरु नै जीवित देवता हुन् र तपाईंको जीवनको सबैभन्दा ठूलो आशीर्वाद हुन्।”
प्रिन्स युवराज कार्कीले यस सन्देशमार्फत भन्न खोज्नुभएको छ कि आमाबाबुको खुशी र आशीर्वाद जीवनको सबैभन्दा ठूलो धन हो। उनका विचार र उदाहरणले युवापुस्तालाई आफ्ना आमाबाबुप्रति सद्भाव, सम्मान र माया अभिव्यक्त गर्न प्रेरित गर्छ।
साँचिकै, यदि हरेक छोरा–छोरी प्रिन्स युवराज कार्की जस्ता सोच राख्छन् भने समाज नै आशीर्वादित र सशक्त बन्नेछ।