काठमाडौं/नवलपरासी: उद्योगपति तथा राजनीतिज्ञ विनोद चौधरीले चुनावी अभियानकै क्रममा आफ्नी पत्नी ‘लिली’ को जन्मदिन मनाउँदै भावुक सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले चुनावी मैदानमा आफूलाई साथ दिँदै आएकोमा कृतज्ञता व्यक्त गर्दै पत्नीप्रति सम्मान र प्रेम प्रकट गरेका हुन्।
चौधरीले आफू उम्मेदवारका रूपमा चुनावी अभियानमा सक्रिय रहँदा पत्नी लिलीले सारथी बनेर निरन्तर साथ दिएको उल्लेख गरेका छन्। उनले लिलीका हरेक कदम सफलतामा परिणत हुँदै गएको भन्दै नवलपरासीवासीको आत्मीय माया र साथले आफूहरू सफलताको नजिक पुगेको पनि बताएका छन्।
जन्मदिनको अवसरमा उनले पत्नीलाई लाखौँ–लाख शुभकामना व्यक्त गर्दै आगामी दिनहरू अझ सफल र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेका छन्। चुनावी व्यस्तताबीच सार्वजनिक गरिएको उक्त सन्देशलाई समर्थक तथा शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्।