काकडभिट्टामा होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

theoutsidenepal.com

काकडभिट्टामा होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

द टन न्युज || विशेष कभरेज || व्यवसाय

काकडभिट्टा । होटल व्यवसायी महासंघ नेपाल (HPFN) को केन्द्रीय समिति बैठक काकडभिट्टामा सम्पन्न भएको छ। बैठकमा महासंघका पदाधिकारी, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।


महासंघका अध्यक्ष टी.आर. भण्डारी (शंकर) ले सदस्यहरूको सक्रिय सहभागिता, सुझाव र साझा प्रतिबद्धताले बैठकलाई थप अर्थपूर्ण र प्रभावकारी बनाएको बताएका छन्।

बैठकले संगठनलाई थप एकताबद्ध र सशक्त बनाउँदै होटल व्यवसायीहरूको हकहितका साथै नेपालको पर्यटन विकासमा अझ जिम्मेवार, प्रभावकारी र परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको छ।


अध्यक्ष भण्डारीले व्यवसायीका समस्या समाधान, संस्थागत समन्वय र पर्यटन क्षेत्रको विकासका लागि महासंघले सरकार तथा सम्बन्धित सरोकारवालासँग थप प्रभावकारी रूपमा सहकार्य र पैरवी गर्ने बताए।

बैठकपछि महासंघको आगामी कार्यदिशा र अभियानलाई थप गति दिने ऊर्जा प्राप्त भएको भण्डारीले बताएका छन्।

“आतिथ्यका लागि एकताबद्ध • पर्यटनका लागि एकताबद्ध”

द टन न्युज — Accuracy, Balance & Credibility

प्रतिक्रिया