मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

theoutsidenepal.com

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार प्रसाईंलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रसाईंलाई किन पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।


प्रसाईं पछिल्लो समय विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिका कारण चर्चामा रहँदै आएका थिए। पक्राउसँगै यस विषयमा थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।


यस सम्बन्धमा प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेसँगै थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया