हङकङमा लडेर घाइते भए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, दायाँ हात भाँचियो
हङकङ — हङकङमा अघोषित निर्वासित जीवन बिताइरहेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा केही दिनअघि बाथरुममा लडेर घाइते भएका छन्।
देउवानिकट स्रोतका अनुसार बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो। घटनापछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ आवश्यक उपचार गरिएको थियो।
स्रोतका अनुसार उपचारपछि देउवा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन्।
घटनाबारे देउवा वा उनको सचिवालयबाट भने औपचारिक धारणा सार्वजनिक भएको छैन। यद्यपि निकट स्रोतहरूले उनको स्वास्थ्यमा सुधार भइरहेको र अवस्था चिन्ताजनक नरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री देउवा पछिल्लो समय हङकङमा बसोबास गर्दै आएका छन्।