कान्तिपुरको खुला प्रतिस्पर्धा– रविन्द्र मिश्रको प्रतिक्रिया: “देश निर्माणमा अवसर, तर ‘पश्चगामी’ डर अझै छ”

theoutsidenepal.com

काठमाडौं – राप्रपा पूर्व उपाध्यक्ष रविन्द्र मिश्र ले कान्तिपुर दैनिकको प्रधान सम्पादक पदका लागि खुला प्रतिस्पर्धा सुरु हुने खबरमा प्रतिक्रिया व्यक्त गर्नुभएको छ।


उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–“देश निर्माणमा योगदान दिन चाहनेहरूका लागि यस्तो अवसर प्रेरणादायी छ। तर, सबै योग्यतापूर्ण उम्मेदवारहरूलाई निष्पक्ष मूल्याङ्कन गरिने हो कि होइन भन्नेमा अलिकति शंका रहन्छ। अझै पनि कतिपय ‘पश्चगामी’ धारणाले योग्य व्यक्तिहरूलाई पछाडि पार्न सक्ने जोखिम रहन्छ।” 


रविन्द्र मिश्रले खुला प्रतिस्पर्धाबाट चयन हुने प्रधान सम्पादकले संचार क्षेत्रमा नयाँ जीवन र पारदर्शिता ल्याउने अपेक्षा राख्न सकिने पनि उल्लेख गर्नुभयो।


प्रतिक्रिया