गृहमन्त्री सुधन गुरुङ ले शनिबार साँझ सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई सिंहदरबार बोलाएका छन्।
गृहमन्त्रीको आकस्मिक बोलावटपछि दानबहादुर कार्की (नेपाल प्रहरी महानिरीक्षक) र राजु अर्याल (सशस्त्र प्रहरी महानिरीक्षक) सिंहदरबार पुगेका छन्।
उनीहरूसँगै नेपाल प्रहरीका कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि उपस्थित भएका छन्।
हाल दुवै आईजीपीसहित उच्च प्रहरी अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा आन्तरिक छलफलमा रहेको प्रहरी स्रोतले जनाएको छ।
28 March 2026