भ्रामक समाचारको पर्दाफास: तातोपानी नाकाबारे गृहमन्त्री गुरुङमाथि लगाइएका आरोप असत्य

theoutsidenepal.com

गृहमन्त्री सुधन गुरुङ मन्त्री बनेपछि आइतबार (२९ मार्च) सम्म कुनै पनि देशको सीमा नाकामा नगएको स्पष्ट भएको छ। उनी सांसद निर्वाचित भएपछि करिब दुई हप्ता अघि मात्र सिन्धुपाल्चोकको तातोपानी नाका पुगेर भन्सारका कर्मचारीहरूसँग सामान्य कुराकानी गरेका थिए।


हालै तातोपानी नाकाबाट चीनतर्फबाट आउने कन्टेनरको संख्या घटेको विषयमा विभिन्न भ्रम फैलाइएको छ। वास्तविकता भने पहिरोका कारण सडक अवस्था प्रभावित भएकाले नेपाल पक्षले नै चीनसँग कम सामग्री पठाउन अनुरोध गरेको हो।


यसै सन्दर्भलाई तोडमोड गरेर “गुरुङले भन्सारमा हस्तक्षेप गरे” वा “चीनले अघोषित नाकाबन्दी गर्‍यो” भन्ने दाबीहरू पूर्ण रूपमा भ्रामक रहेको पुष्टि भएको छ।


प्रतिक्रिया