न्युयोर्क विमानस्थलमा पुग्यो सुनिल थापाको शव, हेम थापा र माया थापा भावुक

theoutsidenepal.com

न्युयोर्क विमानस्थलमा पुग्यो सुनिल थापाको शव, हेम थापा र माया थापा भावुक

न्युयोर्क। समाजसेवी हेम थापा र माया थापाका कान्छा छोरा सुनिल थापाको शव अमेरिकाको न्युयोर्कस्थित विमानस्थलमा आइपुगेको छ। शव आइपुगेपछि परिवारका सदस्य तथा आफन्तहरू विमानस्थलमा उपस्थित भएका थिए।


शव बुझ्ने क्रममा हेम थापा र माया थापा अत्यन्त भावुक बनेका थिए। सो अवसरमा हेम थापाले शवको व्यवस्थापन तथा आवश्यक सहयोगका लागि साथ दिएको भन्दै “Thank you, New York Police” भन्दै न्युयोर्क प्रहरीप्रति आभार व्यक्त गरेका थिए।


परिवारका अनुसार सुनिल थापाको अन्त्येष्टि (दाहसंस्कार) जुलाई १३, २०२६ (सोमबार) हुनेछ। अन्तिम श्रद्धाञ्जली कार्यक्रम बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ भने त्यसपछि दाहसंस्कारका लागि प्रस्थान गरिनेछ।


श्रद्धाञ्जली कार्यक्रम 603 Wantagh Avenue, Wantagh, NY 11793 मा आयोजना हुनेछ। यस दुःखद घडीमा दिवंगतप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारलाई सान्त्वना दिन अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई उपस्थित हुन परिवारले हार्दिक अनुरोध गरेको छ।


थप जानकारीका लागि 347-656-2476 मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।


प्रतिक्रिया