भविन्द्र बस्नेत एसिया–प्रशान्त क्षेत्रीय उप–संयोजकमा निर्विरोध चयन

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत थाइल्याण्डस्थित राष्ट्रिय समन्वय परिषद् (NCC Thailand) का पूर्व अध्यक्ष Bhabindra Basnet एसिया–प्रशान्त क्षेत्रीय उप–संयोजक (DRC) पदमा निर्विरोध चयन भएका छन्।


बस्नेतले NRNA NCC थाइल्याण्डमा दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गर्दै संस्थालाई सुदृढ, संगठित र प्रभावकारी बनाउने कार्यमा महत्वपूर्ण योगदान दिएका थिए। उहाँको अनुभव, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय समन्वयमा रहेको सक्रियताका आधारमा नयाँ जिम्मेवारीमा चयन भएको बताइएको छ।


यस अवसरमा विभिन्न व्यक्तित्व तथा संघसंस्थाका प्रतिनिधिहरूले बस्नेतलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले बस्नेतको नेतृत्वमा एसिया–प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरूको हितमा अझ प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका छन्।


यसैबीच, Non-Resident Nepali Association को १२औँ ग्लोबल महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण टिमप्रति पनि आभार तथा बधाई व्यक्त गरिएको छ। महाधिवेशनले संगठनलाई थप एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको जनाइएको छ।


प्रतिक्रिया