सिरहा–१ परिवर्तनको लहरमा, जसपा नेपाल थप सशक्त

theoutsidenepal.com

सिरहाको सखुवानन्कारकटी गाउँपालिका वडा नं. १, कटैयामा आयोजित विशाल जनसभा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। हजारौँ जनसागरको उपस्थितिले सिरहा क्षेत्र नं. १ मा परिवर्तनको आँधी चलिसकेको स्पष्ट संकेत दिएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै सत्य नारायण यादव ले मधेशको अधिकार, सम्मान र समृद्धिका लागि अब निर्णायक लडाइँ सुरु भएको घोषणा गर्नुभयो। उहाँले युवाहरूलाई स्वदेशमै रोजगारी, किसानलाई न्याय, र सम्पूर्ण समुदायलाई समान अधिकार सुनिश्चित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।


उहाँको सम्बोधनमा उपस्थित जनसमुदायले बारम्बार ताली र नारासहित समर्थन जनाउँदै “अब परिवर्तन निश्चित छ” भन्ने सन्देश दिएका थिए।


कांग्रेसबाट जसपामा शक्तिशाली प्रवेश


कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस परित्याग गरी प्रमोद कुमार साहको नेतृत्वमा अर्जुन साह, बिरेन साह, सुरेन्द्र साह, रामानन्द साह, श्याम साह र रामचन्द्र साहलगायत दर्जनौँ नेता–कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छन्।


यो प्रवेशले सिरहा–१ मा जसपाको संगठनात्मक आधार झनै मजबुत बनेको नेताहरूको दाबी छ। नवप्रवेशीहरूलाई स्वागत गर्दै अभियान नेतृत्वले “यो केवल पार्टी परिवर्तन होइन, यो सोच र भविष्य परिवर्तनको निर्णय हो” भन्ने धारणा राखेको छ।


प्रतिक्रिया