द टन न्युज। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराएको जनाएको छ।
सीआईबीका अनुसार उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतबाट प्राप्त आदेशअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
22 July 2026