वैकल्पिक शक्तिको पक्षमा जोखिम उठाउँदै बोलेका तबरेज आलम — आजको परिवर्तनका ‘अदृश्य अभियन्ता’

theoutsidenepal.com

द टन न्युज, काठमाडौं । सामाजिक अभियन्ता तथा स्वतन्त्र युवा नेता तबरेज आलम लामो समयदेखि देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै आएका एक दृढ आवाजका रूपमा परिचित छन्। परम्परागत राजनीतिक संरचनाप्रति असन्तुष्टि जनाउँदै उनले निरन्तर नयाँ नेतृत्व र सुशासनको पक्षमा वकालत गर्दै आएका थिए।


विशेषगरी बालेन शाह र रवि लामिछाने जस्ता उदाउँदा नेताहरू एक दिन शक्तिमा पुगेर देशमा सुशासन कायम गर्नेछन् भन्ने उनको दाबी त्यतिबेलै चर्चामा आएको थियो, जतिबेला देशमा पुराना दलहरू—कांग्रेस, एमाले र माओवादी—को वर्चस्व थियो। ती शक्तिशाली दलहरूको आलोचना गर्दा उनले अनेकौं जोखिमसमेत मोलेका थिए।


तत्कालीन अवस्थामा ‘असंभव’ जस्तो देखिएको उनको विचार आज यथार्थमा परिणत भएको समर्थकहरू बताउँछन्। अहिले देशमा नयाँ राजनीतिक तरंग देखिएको छ, जहाँ बालेन शाह लाई शक्तिशाली प्रधानमन्त्रीका रूपमा र रवि लामिछाने लाई प्रभावशाली पार्टी सभापतिका रूपमा चित्रित गरिँदैछ।


तबरेज आलमले विगतमा उठाएको आवाज—“युवाले देश चलाउनुपर्छ”—आज व्यवहारमा देखिन थालेको दाबी गरिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि दुई तिहाइ नजिक पुगेको चर्चा चलिरहेका बेला, उनले कुनै समय उठाएको ‘घण्टी बजाउने’ संकेत आज देशभर गुन्जिएको समर्थकहरूको भनाइ छ।


राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो परिवर्तनका पृष्ठभूमिमा तबरेज जस्ता युवाहरूको निरन्तर दबाब र वैकल्पिक सोचले ठूलो भूमिका खेलेको छ। अबको सरकार र नेतृत्वले यस्ता अभियन्ताहरूलाई चिन्नु र समेट्नु आवश्यक देखिन्छ।


देशको समृद्धि र सुशासनको सपना बोकेका तबरेज आलम जस्ता युवाहरूलाई राज्यले अवसर दिने हो भने, नयाँ नेपाल निर्माणको अभियान अझ सशक्त हुने विश्वास गरिएको छ।


प्रतिक्रिया