कानून विपरीत कार्यले प्रहरी प्रमाणपत्रमा असर, वैदेशिक अवसरमा प्रत्यक्ष प्रभाव पर्न सक्ने चेतावनी

theoutsidenepal.com

कानून विपरीत कार्यले प्रहरी प्रमाणपत्रमा असर, वैदेशिक अवसरमा प्रत्यक्ष प्रभाव पर्न सक्ने चेतावनी


नेपाल प्रहरीले कानूनी व्यवस्था विपरीत कुनै पनि काम वा अपराधमा संलग्न व्यक्तिहरूको चारित्रिक प्रमाणपत्रमा त्यसको विवरण समावेश हुने जानकारी दिएको छ।


यसले वैदेशिक अध्ययन, भ्रमण, रोजगारी वा अन्य उद्देश्यका लागि विदेश जाने क्रममा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले, प्रहरीले जनतालाई कसुरजन्य कार्यमा संलग्न नहुने अनुरोध गरेको छ।


नेपाल प्रहरीले यस सन्देशसँगै सामाजिक सञ्जालमा पनि चेतावनी साझा गर्दै #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect ह्यासट्याग प्रयोग गरेको छ।


प्रतिक्रिया