गैरआवासीय नेपाली संस्थामा पदको होड घट्ने दाबी, सामाजिक सञ्जालमा अनिल पाण्डेको टिप्पणी चर्चामा
Anil Pandey ले सामाजिक सञ्जालमार्फत गैरआवासीय नेपाली (NRN) लगायत विभिन्न संस्थामा हुने पदको होड अब कम हुने दाबी गरेका छन् ।
उनले आफ्नो स्टाटसमार्फत नेपाल सरकारले विदेशबाट अवैध रूपमा आर्जित रकम विभिन्न संस्थामार्फत पुनः नेपाल भित्र्याउने च्यानलहरू बन्द गरेको सूचना प्राप्त भएको उल्लेख गरेका छन् । त्यसपछि अमेरिका, युरोप तथा अन्य देशमा रहेका यस्ता संस्थाहरूको नेतृत्वका लागि हुने प्रतिस्पर्धा कम हुने टिप्पणी गरेका हुन् ।
उनको स्टाटसमा भनिएको छ :
“अब USA, यूरोप अनि अरु देशको Nrn लगायत अरु संस्था को पदमा होडबाजी नहुने! किनकी नेपालमा कुम्ल्याएको पैसा यिनै संस्था बाट फेरि नेपालमै भित्र्याउने च्यानलहरू सब बालेन सरकार ले बन्द गरेको सूचना प्राप्त!”
उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । केहीले यसलाई भ्रष्टाचार नियन्त्रणसँग जोडेर समर्थन गरेका छन् भने केहीले प्रमाणबिनाको आरोप भन्दै आलोचना गरेका छन् ।