जापानको चिबास्थित Aavo International द्वारा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई ५ मान येन सहयोग

theoutsidenepal.com

जापानको चिबास्थित Aavo International द्वारा संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई ५ मान येन सहयोग

द टन न्युज | विशेष रिपोर्ट

काठमाडौं । आर्थिक कठिनाइका कारण संस्थाको कार्यालय सञ्चालन तथा घरभाडा भुक्तानीमा समस्या भइरहेको अवस्थामा जापानको चिबास्थित Aavo International ले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रलाई आर्थिक सहयोग गरेको छ।

संस्थालाई परेको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै Aavo International ले जापानी येन ५० हजार (५ मान येन) आर्थिक सहयोग उपलब्ध गराएको हो।


उक्त सहयोगप्रति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले Aavo International परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

अध्यक्ष कार्कीले संस्थालाई आवश्यक परेको कठिन समयमा सहयोगी हात अघि बढाउनु मानवीय सेवाभाव, सामाजिक उत्तरदायित्व र आत्मीयताको उदाहरण भएको बताउनुभएको छ। साथै, आगामी दिनमा पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा Aavo International परिवारप्रति विशेष कृतज्ञता प्रकट गर्नुभएको छ।


यसैबीच, अध्यक्ष कार्कीले जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Aavo International बाट सामान खरिद गरी उहाँहरूको व्यवसायलाई समेत प्रोत्साहन र सहयोग गरिदिन आग्रह गर्नुभएको छ।


“हामीलाई सहयोग गर्ने व्यवसायलाई हामीले पनि साथ दिनुपर्छ। सहयोगी हातहरूलाई सम्मान र प्रोत्साहन गर्नु हामी सबैको साझा दायित्व हो,” भन्ने सन्देशसहित संस्थाले नेपाली समुदायमा सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्न अपिल गरेको छ।

AAVO INTERNATIONAL

व्यवसाय: Wholesale & Halal Food Supplier

स्थान: Chiba, Japan 🇯🇵

सहयोग: ¥50,000 (५ मान येन)

अप्ठ्यारो परिस्थितिमा प्राप्त सानो वा ठूलो सहयोगले पनि सामाजिक संस्थाहरूलाई अघि बढ्न ठूलो हौसला प्रदान गर्छ। विदेशमा रहेर पनि मातृभूमिका सामाजिक संस्थाप्रति सद्भाव र सहयोग देखाउने Aavo International परिवारको यो योगदान प्रशंसनीय छ।


प्रतिक्रिया