तनहुँबाट प्रतिनिधिसभा सदस्यमा डा. Swarnim Wagle भारी मतान्तरसहित विजयी भएपछि विदेशमा रहेका नेपाली समुदायमा समेत उत्साहको लहर छाएको छ। विशेषगरी अमेरिका लगायत विभिन्न देशमा बसोबास गर्ने नेपाली डायसपोरा नेताहरूले यो जितलाई नेपालको समृद्धिको नयाँ आशाका रूपमा लिएका छन्।
अमेरिकास्थित Association of Nepalis in the Americas (एएनए) का अध्यक्ष Khagendra Adhikari ले डा. वाग्लेलाई बधाई सन्देश पठाउँदै तनहुँका सार्वभौम जनताले योग्य र दूरदर्शी नेतृत्वलाई जिताएको बताएका छन्। उनले डा. वाग्लेको अथक मेहनत, बौद्धिक नेतृत्व र जनतासँगको निकट सम्बन्धकै कारण भारी मतान्तरसहित विजयी हुन सफल भएको उल्लेख गरेका छन्।
वासिंटन डीसीबाट जारी बधाई सन्देशमा अध्यक्ष अधिकारीले भनेका छन् कि डा. वाग्लेजस्ता दूरदर्शी र सक्षम नेतृत्व संसदमा पुगेपछि नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने अभियानले थप गति लिने विश्वास गरिएको छ।
डा. वाग्लेको विजयलाई केवल तनहुँको मात्र होइन, देशभर परिवर्तन चाहने जनताको जितका रूपमा हेरिएको छ। विदेशमा रहेका नेपालीहरू, विशेषगरी एनआरएनए र विभिन्न डायसपोरा संगठनका नेताहरूले समेत नेपाललाई समृद्ध बनाउने अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
डायसपोरामा सक्रिय नेपाली नेताहरूले अब नीति, लगानी, ज्ञान र अनुभवलाई नेपालसँग जोडेर देश विकासको अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। डा. स्वर्णिम वाग्लेको जितले विश्वभर छरिएर रहेका नेपालीहरूलाई पनि उत्साहित बनाएको छ।