‘राजनीतिको धर्म भनेकै इमानदारीपूर्वक जनता र देशको सेवा गर्नु हो’ — राजसान्ति सुनार

theoutsidenepal.com

‘राजनीतिको धर्म भनेकै इमानदारीपूर्वक जनता र देशको सेवा गर्नु हो’ — राजसान्ति सुनार

द टन न्युज । काठमाडौं ।

युकेमा बस्दै आउनुभएका वरिष्ठ समाजसेवी राजसान्ति सुनारले राजनीति पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई शुद्ध मन, इमानदारी र निष्ठाका साथ जनता तथा राष्ट्रको सेवा गर्ने माध्यम हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै सुनारले राजनीतिलाई जनसेवाको उच्चतम माध्यमका रूपमा बुझ्नुपर्ने उल्लेख गर्नुभएको हो। उहाँले राजनीतिमा इमानदारी, निष्ठा र जनउत्तरदायित्व कायम हुन सके मात्रै मुलुकले दिगो विकास, समृद्धि र आर्थिक उन्नतिको बाटो समात्न सक्ने बताउनुभएको छ।

उहाँको भनाइमा राजनीतिक नेतृत्वले व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास र समग्र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ। राजनीति जनताको विश्वास र जिम्मेवारीसँग जोडिएको विषय भएकाले सार्वजनिक पदमा पुग्ने व्यक्तिहरूले आफ्नो आचरण र कर्ममार्फत जनताको विश्वास जित्नुपर्ने उहाँको धारणा छ।

विदेशमा रहेर पनि नेपालको सामाजिक, आर्थिक तथा समसामयिक विषयमा निरन्तर चासो राख्दै आउनुभएका सुनारको यो अभिव्यक्तिले राजनीतिमा शुद्धता, पारदर्शिता र सेवाभावको आवश्यकतालाई पुनः बहसमा ल्याएको छ।

सुनारले आफ्नो छोटो तर अर्थपूर्ण सन्देशमार्फत राजनीतिलाई ‘जनता र देशको सेवा गर्ने धर्म’का रूपमा परिभाषित गर्नुभएको छ।

“राजनीतिको धर्म भनेको शुद्ध मनले इमान्दार भएर जनता र देशको सेवा गर्नु हो। अनि मात्रै देशमा विकास, समृद्धि र आर्थिक उन्नति हुन्छ।” — राजसान्ति सुनार


प्रतिक्रिया