टोकियोको आकिहाबारामा “याहे रेमिट जापान” शुभारम्भ, नेपाली समुदाय उत्साहित
जापानको टोकियोस्थित आकिहाबारामा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको “Yahey Remit Japan” प्रति नेपाली समुदायले उत्साह व्यक्त गरेको छ। एनआरएनए जापानका निवर्तमान अध्यक्ष तथा वर्तमान एनआरएनए आईसीसी युवा संयोजक Neure Nabin र एनआरएनए जापानका अध्यक्ष Suvash Lamichhane सहितको टिमको पहलमा सेवा शुभारम्भ गरिएको हो।
विदेशमा रहेका नेपालीहरूलाई सहज, सुरक्षित तथा भरपर्दो रेमिट सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा आएको “Yahey Remit Japan” ले जापानमा रहेका नेपाली समुदायलाई विशेष सुविधा दिने विश्वास गरिएको छ।
यस अवसरमा विभिन्न सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरूले नयाँ यात्राको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। जापानमा नेपाली समुदायबीच आर्थिक कारोबारलाई अझ सहज र व्यवस्थित बनाउन यो सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
“Yahey Remit Japan” को सफल सञ्चालनले जापानस्थित नेपाली व्यवसायिक क्षेत्रलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ। साथै, संस्थाको दीर्घकालीन सफलता र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।