दक्षिण कोरियाको GCS सँग Korean Beauty Court को व्यवसायिक बैठक सम्पन्न
काठमाडौं । सृजना एलिसा नेपाली नेतृत्वको Korean Beauty Court ले दक्षिण कोरियाको GCS (Global Company for Skin Science) सँग महत्वपूर्ण व्यवसायिक बैठक सम्पन्न गरेको छ।
बैठकमा नेपालमा उन्नत स्किन मेडिक इक्विपमेन्ट, स्किन बुस्टर, HA Mix Laser Solution लगायत आधुनिक मेडिकल एस्थेटिक प्रविधिको सम्भावित आयात, वितरण तथा सेवा विस्तारका विषयमा विस्तृत छलफल भएको बताइएको छ।
छलफलका क्रममा नेपाली सौन्दर्य तथा स्किनकेयर क्षेत्रमा सुरक्षित, वैज्ञानिक तथा आधुनिक प्रविधि भित्र्याउने विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै, नेपालमा मेडिकल एस्थेटिक तथा स्किनकेयर सेवाको स्तर उकास्न दक्षिण कोरियाली प्रविधि र अनुभवलाई उपयोग गर्ने सम्भावनाबारे पनि सकारात्मक संवाद भएको जनाइएको छ।
Korean Beauty Court का अनुसार यस सहकार्यले नेपालमा आधुनिक स्किनकेयर प्रविधि, एस्थेटिक क्लिनिक सेवा तथा ब्युटी इनोभेसन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष सृजना एलिसा नेपालीले आगामी दिनमा नेपाल–कोरिया व्यवसायिक सहकार्यलाई अझ विस्तार गर्दै गुणस्तरीय सौन्दर्य तथा स्किनकेयर सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताएकी छन्।