निस्वार्थ राजनीति आजको अपरिहार्य आवश्यकता

theoutsidenepal.com

निस्वार्थ राजनीति आजको अपरिहार्य आवश्यकता


काठमाडौं —आजको राजनीतिमा सबैभन्दा ठूलो अभाव निस्वार्थ भावनाको देखिन थालेको छ। सत्ता, पद र व्यक्तिगत स्वार्थको दौडमा देश र जनताको पीडा ओझेलमा पर्दै गएको यथार्थ हामी सबैले महसुस गरिरहेका छौँ। सेवा बन्नुपर्ने राजनीति क्रमशः व्यवसायजस्तै बन्दै जानु देशका लागि दुर्भाग्यपूर्ण अवस्था भएको युवा नेतृ निशा पुडाशैनीको धारणा छ।


उनका अनुसार निस्वार्थ राजनीति भनेको न कुनै पदको लोभ हो, न व्यक्तिगत लाभको गणना, न त सत्ता जोगाउने षड्यन्त्र। यो त केवल जनताको पीडालाई आफ्नै पीडा ठान्ने संवेदना र जनताको आवाजलाई आफ्नै आवाज बनाउने साहस हो। साँचो राजनीतिज्ञ त्यही हो, जो सत्ता बाहिर हुँदा पनि जनतासँगै उभिन्छ र सत्ता भित्र हुँदा पनि आफूलाई जनताको सेवककै रूपमा प्रस्तुत गर्छ।


देशले आज भाषणभन्दा बढी व्यवहारमा देखिने इमानदार नेतृत्व खोजिरहेको उनको भनाइ छ। नारा होइन, ठोस नतिजा चाहिएको समय आएको भन्दै उनले गुट–उपगुट, स्वार्थ र अवसरवादले होइन, त्याग, इमानदारी र समर्पणले राजनीति अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।


निस्वार्थ भावनासहितको राजनीति पुनः स्थापित गर्न सकिएमा मात्र जनताको विश्वास फर्किने, लोकतन्त्र सुदृढ हुने र देशले सही दिशा लिने विश्वास व्यक्त गर्दै नेतृ पुडाशैनी भन्छिन्— अब राजनीति पद पाउनका लागि होइन, कर्तव्य निभाउनका लागि हुनुपर्छ।


उनले निस्वार्थ राजनीतिलाई कुनै विकल्प नभई समयको माग र राष्ट्रको आवश्यकता भन्दै सबै राजनीतिक नेतृत्व र विशेषगरी युवालाई इमानदार र जिम्मेवार भूमिकाका लागि आह्वान गरेकी छन्।

अन्त्यमा उनले आगामी राजनीतिक यात्राका लागि अग्रिम बधाई तथा सफलताको शुभकामना व्यक्त गरेकी छन्।


प्रतिक्रिया