चितवन–३ मा उदीयमान नेतृत्व: सोविता गौतमको प्रभाव बढ्दो

theoutsidenepal.com

चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रभावशाली नेतृ सोविता गौतम यतिबेला एक सक्षम, युवा र भीजनरी नेताको रूपमा स्थापित हुँदै गएकी छन्। स्पष्ट विचार, दृढ अडान र जनतासँगको प्रत्यक्ष संवादका कारण उनी स्थानीयस्तरमा लोकप्रिय बन्दै गएकी हुन्।


रास्वपाको उदयसँगै राजनीतिमा प्रवेश गरेकी गौतमले सुरुवातदेखि नै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै आएकी छन्। विकासका मुद्दामा स्पष्ट योजना, युवालाई अवसर सिर्जना गर्ने प्रतिबद्धता र महिला सशक्तीकरणप्रतिको सक्रिय भूमिकाले उनलाई फरक पहिचान दिलाएको छ।



युवामाझ लोकप्रियता



युवा पुस्ताको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धताका कारण गौतम चितवन–३ का युवामाझ विशेष आकर्षण बनेकी छन्। रोजगारी, उद्यमशीलता र शिक्षामा सुधारका एजेन्डा उनले निरन्तर उठाउँदै आएकी छन्।



“सवैको समस्याको साथी”



स्थानीय बासिन्दाका अनुसार, गौतम औपचारिक कार्यक्रमभन्दा बाहिर पनि जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधानका लागि पहल गर्ने नेतृ हुन्। स्वास्थ्य, शिक्षा, सडक, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा उनले सम्बन्धित निकायसँग समन्वय गर्दै आवाज उठाइरहेकी छन्।



रास्वपामा प्रभावशाली भूमिका



राष्ट्रिय राजनीतिमा पनि उनी रास्वपाको सशक्त आवाजका रूपमा चिनिन्छिन्। पार्टीका प्रमुख एजेन्डा—भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक सुधार र नागरिकमैत्री शासन—लाई जनस्तरसम्म पुर्‍याउन उनको भूमिका महत्वपूर्ण मानिन्छ।


चितवन–३ मा परिवर्तनको अपेक्षा राख्ने मतदातामाझ सोविता गौतम एक आशा र भरोसाको नाम बन्दै गएकी छन्। युवा ऊर्जा र स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेकी उनी आगामी दिनमा अझ प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया