सउलमा ‘Korean Beauty Court’ को नयाँ शाखा उद्घाटन, कोरियाली ब्यूटी उद्योगमा नयाँ आयाम थपिने

theoutsidenepal.com

सउल, दक्षिण कोरिया — कोरियाको राजधानी सउलमा नेपाली समुदायमा लोकप्रिय तथा विश्वासिलो सौन्दर्य सेवा प्रदायक संस्था Korean Beauty Court को नयाँ शाखा आगामी जनवरी १५ देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। यो विस्तारलाई कोरियामा नेपाली उद्यमशीलताको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


नयाँ शाखामार्फत अत्याधुनिक प्रविधिमा आधारित स्किन केयर, ब्यूटी ट्रीटमेन्ट तथा व्यावसायिक सौन्दर्य सेवाहरू प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय स्तरको ब्यूटी केयर प्रणाली, अनुभवी तथा दक्ष स्टाफ र गुणस्तरीय सेवाका कारण Korean Beauty Court छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।


संस्थाकी अध्यक्ष सृजना एलिसा (Srijana Alisha) ले सउल शाखा उद्घाटनलाई केवल व्यवसायिक विस्तार मात्र नभई नेपाली महिला उद्यमशीलताको प्रेरणादायी उदाहरणका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो,

“सउल जस्तो विश्वव्यापी शहरमा Korean Beauty Court को सेवा विस्तार गर्नु हाम्रो लागि अत्यन्तै गर्वको कुरा हो। यसले नेपाली तथा अन्तर्राष्ट्रिय ग्राहकहरूलाई अझ नजिकबाट उच्चस्तरीय सेवा दिन सहयोग गर्नेछ।”


उहाँका अनुसार, नयाँ शाखाले कोरियाली ब्यूटी उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने, ग्राहक सन्तुष्टि र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने लक्ष्य लिएको छ। साथै, यसले प्रवासी नेपालीहरूलाई रोजगार, सीप विकास र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।


Korean Beauty Court को सउल शाखा सञ्चालनसँगै कोरियामा नेपाली उद्यमशीलताको पहिचान अझ सशक्त हुने विश्वास गरिएको छ। यो कदमलाई नेपाली समुदायका लागि गौरवको विषयका रूपमा लिइएको छ।


प्रतिक्रिया