जापानमा एनआरएनए नेताको अर्थपूर्ण भेटवार्ता

theoutsidenepal.com

जापानमा एनआरएनए नेताको अर्थपूर्ण भेटवार्ता

नबिन न्यौरेसँग रामप्रसादको भेट, रेमिट्यान्ससँगै ज्ञान–सीप र प्रविधि नेपाल भित्र्याउन जोड

एनआरएनए एनसीसी साउथ सुडानका अध्यक्ष राम प्रसादले जापान भ्रमणका क्रममा येहे रेमिटका अध्यक्ष नबिन न्यौरेसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा उद्यमशीलता, नेपाली डायस्पोराको भूमिका तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा अर्थपूर्ण विचार आदानप्रदान भएको अध्यक्ष रामप्रसादले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले विदेशमा रहेका नेपालीहरूको योगदानलाई केवल रेमिट्यान्स पठाउने कार्यमा सीमित नराखी ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवसमेत नेपालमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

रामप्रसादका अनुसार विदेशमा रहेका नेपाली समुदायसँग रहेको क्षमता र अनुभवलाई नेपालको समृद्धिसँग जोड्न सके देशको विकासमा थप महत्वपूर्ण योगदान पुग्न सक्छ।


प्रतिक्रिया