अमृत गुरुङको जितमा बाल्यकालदेखिका मित्र प्रवीण गुरुङको खुसी, दिए सफल राजनीतिक यात्राको शुभकामना

theoutsidenepal.com

अमृत गुरुङको जितमा बाल्यकालदेखिका मित्र प्रवीण गुरुङको खुसी, दिए सफल राजनीतिक यात्राको शुभकामना

द टन न्युज ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा अत्यधिक मतका साथ विजयी भएका अमृत गुरुङलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष प्रवीण गुरुङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

बाल्यकालदेखिका आफ्ना प्रिय मित्र अमृत गुरुङ नेपाली कांग्रेसजस्तो गरिमामय पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै प्रवीण गुरुङले उनको सफलतालाई गौरवपूर्ण उपलब्धिका रूपमा लिएका छन्।


सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै प्रवीण गुरुङले अमृत गुरुङलाई आगामी दिनमा पनि यही जोश, जाँगर र ऊर्जाका साथ अघि बढ्न आग्रह गरेका छन्। उनले अमृतको राजनीतिक यात्रा सधैं सफल, उपलब्धिमूलक र थप उचाइतर्फ अग्रसर बनोस् भन्ने कामनासमेत गरेका छन्।

बाल्यकालदेखिको मित्रताको आत्मीयता झल्काउँदै प्रवीण गुरुङले अमृतको सफलताले आफूलाई निकै खुसी बनाएको उल्लेख गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा अमृत गुरुङको प्रवेशलाई शुभकामना दिँदै उनले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न सकून् भन्ने विश्वास व्यक्त गरेका छन्।

द टन न्युज परिवार नवनिर्वाचित केन्द्रीय सदस्य अमृत गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।


प्रतिक्रिया