पूर्वप्रधानमन्त्रीहरूले राज्यको गाडी फिर्ता गरे, दोहोरो सुविधामाथि कडाइ सुरु

theoutsidenepal.com

काठमाडौं, वैशाख २५ । पूर्वप्रधानमन्त्री सुशीला कार्की ले दोहोरो सुविधाबापत प्रयोग गर्दै आएको सरकारी गाडी सरकारलाई फिर्ता गरेकी छन्।


गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीहरूले दोहोरो सुविधामा प्रयोग गरिरहेका सवारी साधन फिर्ता गर्न निर्देशनसहित पत्राचार गरेपछि कार्कीले आज उक्त गाडी फिर्ता गरेकी हुन्।


यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ले पनि दोहोरो सुविधामा प्रयोग भएको सरकारी गाडी फिर्ता गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण संकलन गर्न निर्देशन दिएपछि ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार फिर्ता गरेका थिए।


गृह मन्त्रालयले पूर्वविशिष्टहरूले कानुनले तोकेको सीमाभन्दा बढी सवारी साधन प्रयोग गरेको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिएको विषयमा अध्ययन थालेको छ। सोही क्रममा राज्यकोषको दुरुपयोग नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित सवारी सुविधासम्बन्धी विवरण कडाइका साथ जाँच भइरहेको बताइएको छ।


प्रतिक्रिया