काठमाडौँ–१: उम्मेदवार रविन्द्र मिश्रले चुनावी सहयोगका लागि आह्वान

theoutsidenepal.com

काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा राप्रपा का उपाध्यक्ष रविन्द्र मिश्रले आफ्ना शुभेच्छुकहरूलाई चुनावी अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।


रविन्द्र मिश्रले बताएअनुसार, उनको राजनीतिक यात्रा आफ्नै घरखर्च र सानोतिनो सहयोगबाट सञ्चालन हुँदै आएको छ। चुनावी खर्चलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न उनले निर्वाचन आयोगको निर्देशन अनुसार छुट्टै खाता पनि खोलिसकेका छन्।


उम्मेदवार मिश्रले नागरिकहरूलाई आग्रह गर्दै भनेका छन् कि यदि तपाईं उनलाई इमान, क्षमता, दूरदृष्टि र देशभक्तिमा विश्वास गर्नुहुन्छ भने, तल राखिएको QR कोड स्क्यान गरेर सहयोग गर्न सक्नुहुन्छ। साथै, सहयोग गरेको विवरण 9851183271 मा फोन वा WhatsApp मार्फत जानकारी दिन सकिने बताएका छन्।


रविन्द्र मिश्रको यो पहलले चुनावी अभियान पारदर्शी र सहभागी बनाउने प्रयासको संकेत गरेको बताइएको छ।


प्रतिक्रिया