कोरियन ब्यूटी कोर्टद्वारा विश्वव्यापी स्किनकेयर व्यवसाय विस्तार अभियान घोषणा

theoutsidenepal.com

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा कोरियन स्किनकेयर ब्रान्डको बढ्दो लोकप्रियताबीच Korean Beauty Court ले आफ्नो सेवा र उत्पादनलाई विश्व बजारमा विस्तार गर्ने घोषणा गरेको छ। क्लिनिक मात्र नभई “ग्लोबल स्किनकेयर पार्टनर” को रूपमा पहिचान बनाउँदै आएको संस्थाले अब उद्यमीहरूलाई आफ्नै ब्यूटी ब्रान्ड सुरु गर्ने सुनौलो अवसर प्रदान गर्ने जनाएको छ।


संस्थाले विश्वव्यापी होलसेल वितरण, OEM तथा प्राइभेट लेबल म्यानुफ्याक्चरिङ सेवा, क्लिनिक-ग्रेड कोरियन फर्मुलेसन, साथै प्रमाणपत्रसहितको मेडिकल ब्यूटी ट्रेनिङ एकेडेमी सञ्चालन गरिरहेको छ। यी सेवामार्फत सौन्दर्य क्षेत्रमा रुचि राख्ने व्यक्ति तथा व्यवसायीहरूले आफ्नै ब्रान्ड स्थापना गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सक्ने बताइएको छ।


कोरियन ब्यूटी कोर्टकी प्रमुख Srijana Alisha Nepali (आलिशा दिदी) ले गुणस्तरीय कोरियन प्रविधि र अनुसन्धानमा आधारित उत्पादनमार्फत नयाँ पुस्ताका उद्यमीलाई सशक्त बनाउने लक्ष्य लिएको बताइन्। “तपाईंको आफ्नै ब्रान्ड, कोरियन विशेषज्ञताको साथ,” भन्ने नारासहित संस्थाले निजी लेबल साझेदारीका लागि इच्छुकहरूसँग छलफल गर्न आह्वान गरेको छ।


इच्छुक उद्यमीहरूले व्हाट्सएप वा फोनमार्फत प्रत्यक्ष सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।


सौन्दर्य क्षेत्रलाई व्यवसायिक रूपमा अगाडि बढाउन चाहनेहरूका लागि कोरियन ब्यूटी कोर्टले अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म उपलब्ध गराउने विश्वास लिएको छ।


प्रतिक्रिया