म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा Mahabir Pun विजयी भएका छन्। विजयी भएपछि उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै विजय जुलुस नगर्न समर्थकहरूलाई अपिल गरेका छन्।
डा. पुनले आफ्नो स्टाटसमार्फत जीत सुनिश्चित भएको उल्लेख गर्दै बिजय जुलुस निकालेर पैसा र समय खर्च नगर्न आग्रह गरेका छन्। उनका अनुसार चुनावमा पराजित भएका प्रतिस्पर्धीहरूलाई उडाउन वा अपमान गर्न जुलुस निकाल्नु उचित होइन।
उनले आगामी दिनहरूमा विपक्षीसँग पनि सहकार्य गर्दै म्याग्दीको विकासका लागि काम गर्नुपर्ने भएकाले अनावश्यक नाराबाजी, जुलुस, भोजभतेर जस्ता आडम्बरी गतिविधि आफूलाई मन नपर्ने बताएका छन्।
डा. पुनले आफ्नो जीतको खुशी मनाउन चाहने समर्थकहरूलाई आफ्नो गाउँघरमै सामान्य रूपमा खुशी साट्न अनुरोध गरेका छन्।
सामाजिक अभियन्ताका रूपमा चिनिएका डा. पुनको यो सन्देशलाई धेरैले सकारात्मक र उदाहरणीय राजनीतिक संस्कार का रूपमा लिएका छन्।