कोटेश्वरमा ‘साइसा डेन्टल एन्ड हेल्थ क्लिनिक’को भव्य सुरुवात—अनुभवी चिकित्सकसहित नयाँ सेवा विस्तार

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । कोटेश्वरमा अत्याधुनिक सेवा सुविधासहित Saisa Dental & Health Clinic Pvt. Ltd. सञ्चालनमा आएको छ। नयाँ वर्षको अवसर पारेर क्लिनिकले औपचारिक रूपमा सेवा सुरु गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको जनाएको छ।


क्लिनिकका अध्यक्ष गोपाल चन्दका अनुसार लामो समयको अध्ययन, योजना तथा साथीभाइ, आफन्त र शुभेच्छुकहरूको साथ सहयोगबाट यो संस्था स्थापना सम्भव भएको हो। “सबैको माया, साथ र विश्वासकै कारण हामीले आज नयाँ यात्रा सुरु गर्न सकेका छौं,” उनले बताएका छन्।


यस क्लिनिकमा दक्ष तथा अनुभवी चिकित्सकहरूको टोली आबद्ध गरिएको छ। डा. सजना घताल, डा. सुबेक्षा तामाङ र डा. मनोहर झालाई नियुक्त गर्दै सेवा थप सुदृढ बनाइएको क्लिनिकले जनाएको छ।


आधुनिक प्रविधि, गुणस्तरीय उपचार र बिरामीमैत्री सेवालाई प्राथमिकतामा राख्दै क्लिनिकले दन्त तथा स्वास्थ्य सेवामा विश्वासिलो गन्तव्य बन्ने लक्ष्य लिएको छ। स्थानीय बासिन्दाका लागि सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


नयाँ वर्षसँगै सुरु भएको यस पहलले कोटेश्वर क्षेत्रको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया