ऊर्जा नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसँग धौलागिरी कालिका हाइड्रोका अध्यक्ष बिनोद कुवँरको शिष्टाचार भेट

theoutsidenepal.com

ऊर्जा नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसँग धौलागिरी कालिका हाइड्रोका अध्यक्ष बिनोद कुँवर को शिष्टाचार भेट

काठमाडौं । धौलागिरी कालिका हाइड्रो लिमिटेड (२५ मेगावाट) का अध्यक्ष बिनोद कुँवरले ऊर्जा नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालसँग शिष्टाचार भेट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा नेपालको जलविद्युत् क्षेत्रको वर्तमान अवस्था, ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका, लगानीमैत्री वातावरण निर्माण तथा दक्षिण कोरियाले ऊर्जा, प्रविधि र औद्योगिक विकासमा हासिल गरेको अनुभवलाई नेपालको सन्दर्भअनुसार प्रभावकारी रूपमा उपयोग गर्ने सम्भावनाबारे सकारात्मक तथा फलदायी छलफल भएको जनाइएको छ।

छलफलमा ऊर्जा क्षेत्रमा प्रविधि हस्तान्तरण, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

अध्यक्ष कुँवरले नेपालको ऊर्जा क्षेत्रलाई अझ पारदर्शी, प्रतिस्पर्धी, विश्वसनीय र लगानीमैत्री बनाउन ऊर्जा नियमन आयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै डा. धितालको नेतृत्वमा ऊर्जा क्षेत्रले नयाँ गति र नयाँ उचाइ हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले डा. धिताललाई सफल कार्यकालको शुभकामना दिँदै निजी क्षेत्र र नियामक निकायबीचको सहकार्यले नेपालको जलविद्युत् विकास तथा ऊर्जा क्षेत्रमा लगानी विस्तारमा थप योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया