संयुक्त राष्ट्रसंघ महासभामा नेपालको आवाज अझ बुलन्द बनाउन शुभकामना : सारदा ठकुरी

theoutsidenepal.com

संयुक्त राष्ट्रसंघ महासभामा नेपालको आवाज अझ बुलन्द बनाउन शुभकामना : सारदा ठकुरी

ट्रान्सअमेरिकाकी सिनियर मार्केटिङ डाइरेक्टर सारदा ठकुरीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डललाई सफल र प्रभावकारी प्रतिनिधित्वका लागि शुभकामना व्यक्त गरेकी छन्।

ठकुरीले प्रधानमन्त्रीसहित सम्पूर्ण नेपाली प्रतिनिधिमण्डललाई शुभकामना दिँदै विश्वमञ्चमा नेपालको आवाज अझ बुलन्द बन्नुपर्नेमा जोड दिएकी छन्।


उनले विशेषगरी जलवायु न्याय, हिमाल संरक्षण तथा वातावरणीय चुनौतीका विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताएकी छन्। साथै, यी विषयमा नेपालले न्यायोचित अन्तर्राष्ट्रिय सहयोग तथा क्षतिपूर्तिको पहललाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

ठकुरीले सामाजिक सञ्जालमार्फत नेपालको हित र वातावरणीय मुद्दालाई विश्वमञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न नेपाली प्रतिनिधिमण्डल सफल होस् भन्ने शुभकामना व्यक्त गरेकी हुन्। 


प्रतिक्रिया