रबिना थापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार

theoutsidenepal.com

रबिना थापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार

द टन न्युज । विशेष रिपोर्ट

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीकी पूर्व अध्यक्ष रबिना थापा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारका रूपमा मैदानमा उत्रिएकी छन्।

एनआरएनए अभियानमार्फत नेपाल र नेपालीको हित, प्रवासी नेपालीका सवाल तथा मातृभूमिसँगको सम्बन्ध सुदृढ बनाउन विभिन्न गतिविधिमा सक्रिय रहँदै आएकी थापाले अब नेपाली कांग्रेसको संगठनात्मक यात्रामा आफ्नो भूमिका अघि बढाउने लक्ष्यसहित उम्मेदवारी प्रस्तुत गरेकी हुन्।

प्रवासमा रहेका नेपालीको आवाजलाई नेपालको नीति, राजनीति र विकाससँग जोड्ने विषयमा लामो समयदेखि सक्रिय थापाको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा महिला तथा प्रवासी नेपालीको प्रतिनिधित्वसम्बन्धी बहसलाई समेत थप चर्चामा ल्याएको छ।

एनआरएनएको नेतृत्वमा रहँदा उनले नेपाल र नेपालीको हितसँग जोडिएका विभिन्न अभियान तथा सामाजिक कार्यमा सक्रियता देखाएकी थिइन्। महाधिवेशन प्रतिनिधिहरूसँगको संवाद, संगठनप्रतिको प्रतिबद्धता र आफ्नो अनुभवलाई आगामी राजनीतिक भूमिकासँग जोड्ने उनको प्रयास अहिले कांग्रेसभित्र चासोको विषय बनेको छ।

रबिना थापाको उम्मेदवारी—प्रवासको अनुभव, सामाजिक अभियान र राजनीतिक यात्रालाई एउटै धरातलमा जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।


प्रतिक्रिया