एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ मा कतारमा हुने

theoutsidenepal.com

एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ मा कतारमा हुने

द टन न्युज । काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। ‘सहयात्रा – Journey Together’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको सम्मेलनले सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित संरक्षण र समृद्ध नेपालको निर्माणमा प्रवासी नेपालीहरूको योगदान अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल गरिने जनाइएको छ। साथै, सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन, श्रमिकका अधिकारको संरक्षण, सामूहिक लगानी तथा नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीहरूको योगदान बढाउने विषयलाई प्राथमिकता दिइनेछ।


एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले सम्मेलनमा सहभागी हुन विश्वभर रहेका संघका अभियन्ता, अग्रज, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि तथा शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।

संयोजक श्रेष्ठले सम्मेलनलाई सफल, उपलब्धिमूलक र ऐतिहासिक बनाउन सबैको सक्रिय सहभागिता, सुझाव, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्। साझा प्रयास र सहकार्यबाट सुरक्षित श्रम आप्रवासन सुनिश्चित गर्दै श्रमिकको सम्मान तथा हित संरक्षणका लागि ठोस कार्ययोजना निर्माण गर्न सम्मेलन महत्त्वपूर्ण हुने विश्वास उनले व्यक्त गरेका छन्।

सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई आयोजकले उपलब्ध गराएको Google Form मार्फत आफ्नो सहभागितासम्बन्धी विवरण भर्नसमेत अनुरोध गरिएको छ।

सहभागिता दर्ता गर्ने लिंक:
https://docs.google.com/…/1FAIpQLSf8TX69FG9…/viewform
…

‘सहयात्रा – Journey Together’ को भावनालाई आत्मसात् गर्दै एकता, सहकार्य र साझा प्रतिबद्धताका साथ सुरक्षित श्रम आप्रवासन, श्रमिकको हकहित संरक्षण तथा समृद्ध नेपालको निर्माणमा हातेमालो गर्ने उद्देश्यसहित सम्मेलन अघि बढाइने एनआरएनए मध्यपूर्व संयोजक श्रेष्ठले बताएका छन्।

रमेश श्रेष्ठ
मध्यपूर्व संयोजक
गैरआवासीय नेपाली संघ (NRNA)


प्रतिक्रिया