CAN अध्यक्ष तथा बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चतुर बहादुर चन्दलाई शुभकामना, नेपाल ल क्याम्पसका विद्यार्थीद्वारा आभार व्यक्त

theoutsidenepal.com

काठमाडौं । क्रिकेट संघ नेपाल (CAN) का अध्यक्ष तथा बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चतुर बहादुर चन्दलाई नेपाल ल क्याम्पसका विद्यार्थीहरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्।


विद्यार्थीहरूले एक विज्ञप्ति जारी गर्दै चन्दले नेपाल ल क्याम्पसमा अध्ययनरत युवामाझ क्रिकेट संस्कारको विकास, खेलकुदप्रति रुचि बढाउने वातावरण निर्माण तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न पुर्‍याएको योगदानप्रति आभार प्रकट गरेका हुन्।


विज्ञप्तिमा उल्लेख गरिएअनुसार, चन्दको पहल र सहयोगले क्याम्पसमा खेलकुदप्रति सकारात्मक सोच र सहभागिता बढेको विद्यार्थीहरूको विश्वास छ। साथै, आगामी निर्वाचनमा उम्मेदवारी दिएका चन्दको सफलताको कामना गर्दै विद्यार्थीहरूले खेलकुद तथा युवा विकासमा उहाँले अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।


नेपाल ल क्याम्पसका विद्यार्थीहरूले चन्दको नेतृत्व र योगदानलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि शिक्षा र खेलकुद क्षेत्रको उन्नतिका लागि निरन्तर सहयोगको अपेक्षा गरेका छन्।


प्रतिक्रिया