एनआरएनए १२औँ महाधिवेशन: महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङको उम्मेदवारी घोषणा

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि महिला उपाध्यक्ष पदमा Radhika (Tika) Gurung ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। सो महाधिवेशन मार्च १४–१६ सम्म काठमाडौँमा आयोजना हुँदैछ। वर्तमान कार्यसमितिमा उनी महिला सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन्।


राधिकाले सामाजिक सञ्जाल मार्फत लेखेकी छन्:


“नारीशक्तिमा गर्व गर्दै मैले आज यस शुभ दिन र शुभ साइतमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको १२औँ महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय लिएको छु। विश्वभरि रहनु हुने एनआरएनए अभियान्ताहरूको सल्लाह, साथ र समर्थनको लागि विनम्र अनुरोध गर्दछु।”


उनले आफ्नो एनआरएनए यात्रा उल्लेख गर्दै भनिन् कि २००६ देखि २०२५ सम्म उनले संगठनका विभिन्न पदहरूमा सक्रिय भूमिका निभाइन्।


  • २००६–२००९: पन्चिकृत सदस्य
  • २००९–२०११: एनसीसी हङकङ कार्यसमिति सदस्य
  • २०११–२०१३: एनसीसी हङकङ कोषाध्यक्ष तथा महिला संयोजक
  • २०१३–२०१५: उपाध्यक्ष
  • २०१५–२०१७: अध्यक्ष पदकी प्रत्याशी
  • २०१७–२०१९: अध्यक्ष
  • २०१९–२०२१: पुनः अध्यक्ष
  • २०२१–२०२५: एनआरएनए आईसीसी महिला सचिव तथा विभिन्न समितिका संयोजक



राधिकाले महिला नेतृत्वको महत्वमा जोड दिँदै भनिन् कि महिला उपाध्यक्ष पद केवल प्रतिनिधित्व नभई दृष्टिकोण, संवेदनशीलता र समावेशीताको सशक्त आवाज हो। उनी पारदर्शिता, जवाफदेहिता र आपसी विश्वासको आधारमा संघलाई अझ सशक्त र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।


उनले सबै वर्गका सदस्य—महिला, युवा, व्यवसायी, पेशाकर्मी र दोस्रो पुस्तासम्म—लाई समेट्ने समावेशी संरचना निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन्। अन्त्यमा उनले लेखिन्:


“एक पटकको नेपाली, सधैँको नेपाली। तपाईंहरूको विश्वास, साथ र समर्थनको हार्दिक अपेक्षा गर्दछु।”


महाधिवेशनमा ४०० भन्दा बढी प्रतिनिधि काठमाडौँमा उपस्थित छन्।


प्रतिक्रिया