चतुर बहादुर चन्दद्वारा कांग्रेस संसदीय दल नेतृत्वलाई बधाई, सफल कार्यकालको शुभकामना

theoutsidenepal.com

नेपाली कांग्रेसका प्रभावशाली नेता चतुर बहादुर चन्द ले पार्टीको संसदीय दलमा भएको नयाँ चयनप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।


उहाँले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्म आङदाम्बे सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई दिनुभएको हो। साथै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राई चयन हुनुभएकोमा पनि उहाँले बधाई ज्ञापन गर्नुभएको छ।


चन्दले नव–चयनित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टी र देशको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँको सन्देशको अन्त्य “जय नेपाल” भन्ने नारासहित गरिएको छ।


प्रतिक्रिया