प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका तर्फबाट सम्बोधन गर्दै, शुक्रबार बिहान करिब ५:०० देखि ६:०० बजेको बीचमा हुने

theoutsidenepal.com

 संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका तर्फबाट सम्बोधन गर्दै

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय बहसमा आज नेपालका प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहले नेपालका तर्फबाट विश्व समुदायलाई सम्बोधन गर्दै हुनुहुन्छ।

Live हुने आधिकारिक पेज 👇

https://www.facebook.com/share/1L8p7ZREPF/?mibextid=wwXIfr

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा कक्षबाट प्रधानमन्त्री शाहले नेपालका समसामयिक राष्ट्रिय प्राथमिकता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व समुदायसँग नेपालको सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको सम्बोधन नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५:०० देखि ६:०० बजेको बीचमा हुने अपेक्षा गरिएको छ। महासभामा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूको सम्बोधनको क्रमअनुसार निर्धारित समय केही अगाडि वा पछाडि हुन सक्नेछ।

प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक UN Web TV मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। नेपालबाट पनि इच्छुक दर्शकहरूले अनलाइनमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।

नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएको हो। महासभाका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय संवादमा समेत सहभागिता जनाउँदै हुनुहुन्छ।

द टन न्युज । न्यूयोर्क


प्रतिक्रिया