भोटेकोशी बाढीपीडितका लागि कुमार कार्की (PNO) द्वारा १ लाख सहयोग
द टन न्युज । विशेष रिपोर्ट ।
भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गरेको रु. ५ करोडको राहत कोषमा कुमार कार्की (PNO) को तर्फबाट रु. १ लाख सहयोग गरिएको छ।
कार्कीले ३ अक्टोबर २०२६ मा एनआरएनए इमर्जेन्सी फन्डमा अनलाइनमार्फत रु. १,००,००० (एक लाख रुपैयाँ) सहयोग गरेका हुन्। बैंकको भुक्तानी रसिदमा उक्त कारोबार सफल (SUCCESS) भएको उल्लेख छ।
विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको यो सहयोगले मानवीय सेवाप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।
PNO for Nepal Help का Chair कुमार कार्कीको तर्फबाट गरिएको उक्त सहयोगप्रति एनआरएनए तथा राहत अभियानसँग जोडिएका अभियन्ताहरूले धन्यवाद व्यक्त गर्दै अन्य पदाधिकारी, अभियन्ता तथा शुभेच्छुकहरूलाई पनि आफ्नो क्षमताअनुसार राहत कोषमा सहयोग गर्न आह्वान गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडामा प्रवासी नेपाली समुदाय र सहयोगी मनहरूबाट निरन्तर प्राप्त भइरहेको सहयोगले राहत तथा पुनःस्थापनाको अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।