सरकारमा सहभागिताबारे भ्रम फैलाइएको भन्दै कुलमान घिसिङ को स्पष्टिकरण

theoutsidenepal.com

काठमाडौं — उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङ ले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चा र टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।


उनले नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने प्रावधान स्मरण गराउँदै जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको स्पष्ट पारे।


घिसिङले सरकारमा सहभागिताबारे अहिलेसम्म कसैसँग कुनै पनि प्रकारको छलफल नभएको पनि प्रष्ट्याएका छन्। उनले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर पार्टीलाई अझ सुदृढ बनाउने अभियानमा केन्द्रित रहेको बताए।


उनका अनुसार उज्यालो नेपाल पार्टी सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति प्रतिबद्ध रहेको छ। साथै, आफ्नो विषयमा फैलाइएका गलत प्रचारप्रति सचेत रहन र भ्रममा नपर्न उनले आम जनसमुदायलाई अनुरोध गरेका छन्।


प्रतिक्रिया