काठमाडौं — नेपाली कांग्रेस का प्रभावशाली नेता चतुर बहादुर चन्द ले पार्टीभित्रैबाट भएको असहयोगप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा चुनाव चिन्ह “रूख” मा मतदान नगर्ने, मत नमाग्ने तथा पराजित गराउन भूमिका खेल्ने व्यक्तिहरूसँग तथाकथित “एकता र सहकार्य” सम्भव नभएको स्पष्ट पारे।
उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूसँगको सहकार्य चुनौतीपूर्ण मात्र नभई लगभग असम्भव भएको उल्लेख गर्दै पार्टीभित्र अनुशासन र निष्ठाको आवश्यकता औंल्याएका छन्।
चन्दको उक्त अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र गुटगत विवादको संकेतका रूपमा समेत हेरिएको छ। उनले अन्त्यमा “जय नेपाल” उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।