नेपालमा बालेन नेतृत्वको सरकार आएपछि जनतामा आशा र उत्साहको माहोल देखिएको छ। विशेषगरी गृहमन्त्री सुदन गुरुङको सक्रियतामा अपराध नियन्त्रण, भ्रष्टाचारविरुद्ध कारबाही तथा ठगी धन्दा नियन्त्रणमा भइरहेको प्रयासले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
सरकारका यी प्रारम्भिक कदमहरूले जनविश्वास बढाउँदै लगे पनि अब देशको आर्थिक विकासका लागि थप ठोस रणनीति आवश्यक देखिएको छ। विज्ञहरूका अनुसार नेपालमा ठूला पूर्वाधार निर्माणका लागि आवश्यक पर्याप्त आन्तरिक स्रोत अभाव रहेको अवस्थामा वैदेशिक लगानी आकर्षित गर्नु अपरिहार्य बन्दै गएको छ।
यसै सन्दर्भमा, मलाइ के लाग्छ भने अब बालेन सरकार ले पूर्व राजा महेन्द्रको वैदेशिक सहकार्य नीतिलाई पुनः अवलम्बन गर्नुपर्ने देखिन्छ। मेरो बिचार मा अब बालेन सरकार ले विश्वका प्रमुख अर्बपतिहरूलाई लक्षित गरी विशेष योजना अघि बढाउन सके नेपालले तीव्र विकासको गति लिन सक्छ।
मेरो बिचार मा एलन मस्क, बिल गेट्स, डोनाल्ड ट्रम्प, वारेन बफेट, मुकेश अम्बानी जस्ता बिश्व भर का अरबपति र खरबपतिहरु लाइ नेपालमा ठूला पूर्वाधार परियोजनामा लगानी गर्न आकर्षित गर्न सकिन्छ। उदाहरणका लागि, उनीहरूको नाममा “मस्क हाईवे”, “ट्रम्प हाईवे” जस्ता परियोजना प्रस्ताव गरी लगानीका लागि प्रेरित गर्न सकिन्छ तर त्यस्को पहल सरकार प्रमुख बालेन बाटै हुनु आवसेक छ।
यदि सरकारले करिब ५० जना अर्बपतिसँग प्रत्यक्ष संवाद र सहकार्यको पहल गर्न सकेमा, तीमध्ये केहीले मात्र पनि लगानी गरे नेपालको आर्थिक विकासमा उल्लेखनीय फड्को मार्न सक्छ तर हामि आन्तरिक राजस्व तथा बिदेशि बाट आएको रेमिट्यान्स मा मात्र निर्भर भयौ भने अझै बर्षौ सम्म हाम्रा समस्या हरु जहि को त्यहि रहनेछ तसर्थ बालेन सरकारले अन्तर्राष्ट्रिय अर्बपतिहरूसँग सहकार्य गर्ने स्पष्ट कार्ययोजना अघि सारेमा नेपाललाई छोटो समयमै समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ यस तर्फ बालेन सरकार को ध्यान जायोश।