ग्वान्झाओमा एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आह्वोरहण–२०२६’ भव्य रूपमा सम्पन्न

theoutsidenepal.com

ग्वान्झाओमा एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आह्वोरहण–२०२६’ भव्य रूपमा सम्पन्न

द टन न्युज | ग्वान्झाओ

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्रशान्त क्षेत्रीय समितिको आयोजना तथा एनसीसी चीनको स्थानीय व्यवस्थापनमा चीनको प्रमुख व्यापारिक सहर ग्वान्झाओमा आयोजित ११औँ एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आह्वोरहण–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

अगस्ट १५ र १६ तारिख आयोजित सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रअन्तर्गतका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधि, एनआरएनए अभियन्ता, व्यवसायी, युवा, महिला, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप सुदृढ गर्दै नेपालसँगको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल र संवादको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

सम्मेलन सफल बनाउन सहयोग गर्ने एशिया–प्रशान्त क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, प्रायोजक, स्वयंसेवक, काठमाडौंस्थित एनआरएनए सचिवालयका कर्मचारी, सहभागी महानुभाव तथा विभिन्न संघसंस्थाका प्रतिनिधिप्रति एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय समितिले हार्दिक आभार व्यक्त गरेको छ।

सम्मेलन सम्पन्न भएपछि एनआरएनए एशिया–प्रशान्त क्षेत्रीय समितिका उपसंयोजक छत्र दाहालले सम्मेलनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रवासी नेपालीको हित र नेपालको समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

— द टन न्युज


प्रतिक्रिया