संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभा बैठक अब नयाँ संसद् भवनमै सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ। अत्याधुनिक संरचना र सुविधासहित निर्माण सम्पन्न भएको यो भवन अब नेपालको लोकतान्त्रिक अभ्यासको केन्द्र बन्ने भएको छ।
उनका अनुसार, यही चैत्र १२ गते २७५ जना सांसदहरूको भव्य सपथ ग्रहण कार्यक्रम सोही नयाँ भवनमा आयोजना गरिनेछ। देशभरबाट निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई ऐतिहासिक र गौरवपूर्ण बनाउन विशेष तयारी गरिएको छ।
त्यसको भोलिपल्ट चैत्र १३ गते, देशको राजनीतिक इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपिँदैछ—प्रधानमन्त्री बालेन शाह को सपथ ग्रहण कार्यक्रम पनि यही नयाँ संसद् भवनमै आयोजना गरिनेछ। नयाँ नेतृत्वसँगै नयाँ ऊर्जा र परिवर्तनको आशा झल्किने अपेक्षा गरिएको छ।
सचिवालयका अनुसार, सुरक्षा व्यवस्था, प्राविधिक व्यवस्थापन र अतिथि सत्कार लगायतका सबै पक्षमा तयारी पूरा भइसकेको छ। अब देशले नयाँ संसद् भवनबाट नयाँ दिशा र दृढ निर्णयहरूको अपेक्षा राखेको छ।