सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी अनुशिक्षण कार्यक्रम उद्घाटन

theoutsidenepal.com

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी अनुशिक्षण कार्यक्रम उद्घाटन

नेपाल प्रहरीद्वारा आयोजित “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी” सम्बन्धी अनुशिक्षण कार्यक्रम आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।


कार्यक्रमको उद्घाटन विश्वनाथ पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने दान बहादुर कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


उक्त कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा हुने लगानीको रोकथाम तथा आम विनाशका हातहतियारसँग सम्बन्धित वित्तीय कारोबारको निगरानी र अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित अनुशिक्षण प्रदान गरिने बताइएको छ।

कार्यक्रमले कानून कार्यान्वयन निकाय, वित्तीय संस्था तथा सरोकारवाला निकायहरूबीच समन्वय र क्षमता अभिवृद्धि गर्दै वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नेपाल प्रहरीले यस्ता कार्यक्रममार्फत आधुनिक वित्तीय अपराधविरुद्धको अनुसन्धान र नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया