एनआरएनए जापानका उपाध्यक्ष विनोद खनालको सन्देश – “नेपाल फेस्टिभल हाम्रो साझा गौरव”

theoutsidenepal.com

टोकियो, जापान। एनआरएनए जापानका उपाध्यक्ष विनोद खनाल ले आगामी नेपाल फेस्टिभल २०२६ लाई भव्य र सफल बनाउन जापानस्थित सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भएर सहभागी हुन आग्रह गरेका छन्।


ओडाइबास्थित शिओकाजे पार्क (潮風公園・太陽の広場) मा आयोजना हुने उक्त महोत्सव नेपालका कला, संस्कृति, पर्यटन, परम्परा तथा नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको उनले भिडियो सन्देशमार्फत बताएका छन्।


खनालले नेपाल फेस्टिभल केवल मनोरञ्जनात्मक कार्यक्रम नभई जापानमा नेपाली समुदायको पहिचान, एकता र सामूहिक शक्तिको प्रदर्शन गर्ने साझा मञ्च भएको उल्लेख गरे। उनले नेपाली संस्कृति, मौलिक परिकार तथा नेपालको पर्यटन सम्भावनालाई विश्वसामु चिनाउन सबै नेपालीले सक्रिय भूमिका खेल्नुपर्ने बताए।


उनले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउन तथा नयाँ पुस्तामा नेपालीपनको भावना जगाइराख्न यस्ता कार्यक्रमको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन्।


“नेपाल फेस्टिभल २०२६ हाम्रो साझा कार्यक्रम हो, यसलाई सबै मिलेर ऐतिहासिक रूपमा सफल बनाऔं,” भन्दै खनालले जापानमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई सहयोग र सहभागिता जनाउन अनुरोध गरेका छन्।


प्रतिक्रिया