कञ्चनपुर — कृष्णपुर नगरपालिका की उपमेयर द्रोपती राना ले प्रतिनिधि सभा निर्वाचनमा सहभागी भई मतदान गर्ने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले नगरवासी दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा अंकल–आन्टीहरूले आफ्नो अमूल्य समय दिएर मतदान गरेकोमा हृदयदेखि धन्यवाद व्यक्त गरेकी हुन्।
उपमेयर रानाले मतदान प्रक्रिया शान्तिपूर्ण र सभ्य ढंगले सम्पन्न गराउन सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षामा खटिएका सम्पूर्ण टिमप्रति पनि विशेष धन्यवाद व्यक्त गरेकी छन्।
उनले सबैलाई “रामराम तथा नमस्कार” भन्दै लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाएकोमा कृतज्ञता प्रकट गरेकी छन्।
06 March 2026