काठमाडौं — अमेरिकी राष्ट्रपति Donald Trump ले इरानका सर्वोच्च नेता Ali Khamenei इजरायल र अमेरिकाको सैन्य कारबाहीमा मारिएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ट्रम्पले खामेनीलाई “इतिहासकै दुष्ट व्यक्ति” भन्दै उनको अन्त्यलाई विश्वका लागि “न्याय” भएको बताएका छन्। उनले इरानी सेनालाई चेतावनी दिँदै आत्मसमर्पण नगरे थप कडा सैन्य कारबाही हुने र इरानमा “पिनपोइन्ट बमबारी” जारी रहने चेतावनी समेत दिएका छन्।
तर ट्रम्पको उक्त दाबीलाई इरानले पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानका विदेशमन्त्री Abbas Araghchi ले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै सर्वोच्च नेता खामेनी सुरक्षित र स्वस्थ रहेको स्पष्ट पारेका छन्।
इरानले अमेरिकी पक्षको दाबीलाई “प्रोपागान्डा” भन्दै आफ्ना नेता सुरक्षित रहेको अडान दोहोर्याएको छ।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय अमेरिका–इजरायल र इरानबीचको तनाव तीव्र बन्दै गइरहेको अवस्थामा यस्तो परस्पर विरोधी दाबी सार्वजनिक भएपछि विश्व समुदायको ध्यान उक्त घटनातर्फ केन्द्रित भएको छ।
यसबीच ट्रम्पले सामाजिक सञ्जालमा गरेको उक्त पोस्ट अहिले व्यापक चर्चामा रहेको छ।