प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा, मन्त्रिपरिषद् बैठकको टुंगो छैन

theoutsidenepal.com

काठमाडौंस्थित Singha Durbar मा प्रधानमन्त्री वालेन्द्र शाहले हाल मन्त्रीहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको उक्त छलफललाई नियमित समन्वय बैठकका रूपमा लिइएको छ।


प्रधानमन्त्री कार्यालयका अनुसार, हालसम्म मन्त्रिपरिषद्को बैठक बस्ने कुनै औपचारिक कार्यतालिका तय गरिएको छैन। “यदि मन्त्रिपरिषद्को बैठक बस्ने भए, एजेन्डा तयार भएर मन्त्रीहरूलाई पठाइन्थ्यो,” एक वरिष्ठ अधिकृतले जानकारी दिए।


यसअघि मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ गते बसेको थियो। उक्त बैठकले सरकारको प्रवक्ता तोक्नुका साथै शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची पारित गरेको थियो।


प्रतिक्रिया